सुनसरीमा चार गोदाम खान तलासी गरी सशस्त्र प्रहरीद्वारा साढे ६ लाखभन्दा बढीका अवैध सामान बरामद ।

सुनसरीमा चार गोदाम खान तलासी गरी सशस्त्र प्रहरीद्वारा साढे ६ लाखभन्दा बढीका अवैध सामान बरामद ।

कोशी आवाज २०८३ असार २६ गते शुक्रबार ।

बिराटनगर । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले विशेष सूचनाका आधारमा सुनसरीको कोशी गाउँपालिका–१ मा खनेर बनाइएका चारवटा गोदामबाट करिब रु. ६ लाख ५० हजार बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असार २६ गते राति करिब १२ः३० बजे नम्बर ४ गण हेडक्वार्टर सुनसरीबाट गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप राईको कमाण्डमा खटिएको ६० सदस्यीय टोलीले कोशी गाउँपालिका–१ निवासी श्रीप्रसाद साह र श्यामकुमार यादव का चारवटा गोदाम खनेर अवैध सामान फेला पारेको हो।

बरामद गरिएका सामानमा चिनी, सुर्ती, लेज (चिप्स), पास्ता, हरियो मटर, मसुरो दाल, सर्फ, चिया (कोको) लगायत विभिन्न किसिमका किराना सामग्री रहेका छन्।

सशस्त्र प्रहरीले सुनसरीका सीमावर्ती क्षेत्रमा सीमावासीसँग सहकार्य गर्दै सीमा सुरक्षा तथा अवैध चोरी–निकासी, पैठारी र अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित रूपमा सुरक्षा कारबाही सञ्चालन गर्दै आएको जनाएको छ।

साथै, चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै रु. ५ करोड २१ लाख ४३ हजार २०७ बराबरका अवैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।