विराट भिक्टोरिया मेमोरियल स्कुलद्वारा महोत्सव विजेता छात्रा रोजिना गिरीलाई सम्मान ।

विराट भिक्टोरिया मेमोरियल स्कुलद्वारा महोत्सव विजेता छात्रा रोजिना गिरीलाई सम्मान ।

कोशी आवाज २०८३ असार १५ सोमबार ।

विराटनगर । महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल विराट भिक्टोरिया मेमोरियल स्कुल की छात्रा रोजिना गिरी लाई विद्यालयले विशेष सम्मान गरेको छ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थितिमा गिरीलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको हो। कार्यक्रममा विद्यालय प्रशासनले रोजिनाको सफलताले विद्यालयको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको थियो।

सम्मान कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई खेलकुद तथा सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आफ्नो प्रतिभा उजागर गर्न प्रेरित गरेका थिए। विद्यालयले भविष्यमा पनि यस्ता प्रतिभावान विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्न निरन्तर प्रोत्साहन र सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।