रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन, सरिता गोल्छाले सम्हालिन् नेतृत्व ।
कोशी आवाज २०८३ असार १७ गते बुधबार ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। एक विशेष समारोहका बीच नयाँ कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
क्लबको सन् २०२६–२७ कार्यकालका लागि सरिता गोल्छा अध्यक्ष तथा कुसुम लुनिया सचिव चयन भएका छन्। उनीहरूको कार्यकाल जुलाई १ देखि औपचारिक रूपमा सुरु भएको छ।
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले नयाँ नेतृत्वमा पनि समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ।
पदस्थापन कार्यक्रममा सहभागी रोटरीयनहरूले नवनिर्वाचित अध्यक्ष सरिता गोल्छा र सचिव कुसुम लुनियालाई सफल कार्यकालको शुभकामना दिँदै क्लबलाई अझ सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।