जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकको आयोजनामा एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकको आयोजनामा एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

कोशी आवाज २०८३ वैशाख १६ गते बुधबार ।

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामचोकको आयोजनामा एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिकामा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न गरेको छ।

शाखा कार्यालय रामचोकको आयोजनामा बुधबार वडा नं. ७ स्थित जीवन विकास पार्कमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद योगेन्द्र प्रसाद मण्डल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै वडा नं. ७ का वडाध्यक्ष सन्तोष यादव विशिष्ट अतिथि तथा वडा नं. ६ का मोहम्मद हुसेन अतिथिका रूपमा सहभागी भएका थिए।


कार्यक्रममा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख सावित्री श्रेष्ठ, जीवन विकास पब्लिक स्कूलका प्रधानाध्यापक अजय कुमार मण्डल, विभिन्न केन्द्रका प्रमुख तथा उपप्रमुखहरू तथा संस्थामा आबद्ध उल्लेख्य संख्यामा महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

गोष्ठीमा सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गर्दै बचतको महत्व, ऋणको सदुपयोग, साना लगानीमार्फत आयआर्जनका अवसर तथा आत्मनिर्भर बन्ने उपायबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो। वक्ताहरूले विशेषगरी महिलाको आर्थिक सशक्तिकरणमा यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण रहने बताएका थिए।


कार्यक्रमकै अवसरमा शाखा कार्यालय रामचोकले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। साथै विभिन्न केन्द्रमा आबद्ध उत्कृष्ट महिलाहरूलाई ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ता’ का रूपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।