निर्वाचन आयोगले मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने खड्काको चेतावनी

निर्वाचन आयोगले मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने खड्काको चेतावन

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।

मोरङ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफ्नो पक्षलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिँदै उनले कुनै पनि विधानविपरीत निर्णय स्वीकार नहुने स्पष्ट पारे।

‘विधानविपरीत गलत निर्णय भयो भने आन्दोलन गर्नुको विकल्प हामीसँग छैन,’ खड्काले भने। उनले निर्वाचन आयोगबाट गलत निर्णय हुनसक्ने आशंका व्यक्त गर्दै आफूहरूमाथि षड्यन्त्र हुनसक्ने दाबीसमेत गरे।

‘हामीमाथि कुनै षड्यन्त्र हुनसक्छ। त्यसैले गलत निर्णयविरुद्ध आवश्यक परे विरोधमा उत्रन सबै तयार रहनुपर्छ,’ उनले भने। उनले गाउँगाउँ र वडावडाबाट चारतारे झण्डा बोकेर आन्दोलनमा उत्रने चेतावनी पनि दिए।

कार्यवाहक सभापति खड्काले आफूहरूले निर्वाचनमार्फत संविधानलाई सही मार्गमा ल्याउन चाहेको उल्लेख गर्दै निर्वाचन नै आफ्नो पक्षको पहिलो प्राथमिकता रहेको बताए