नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा ले पार्टीको आउँदो १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने ।

नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा ले पार्टीको आउँदो १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने ।

कोशी आवाज २०८२ मङ्सिर २० गते शनिबार।

विराटनगर । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा ले पार्टीको आउँदो १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताएका छन्। नयाँ नीति र सन्देशसहित पार्टीको नेतृत्व लिन आफू तयार रहेको भन्दै उनले चाँडै देशव्यापी दौडाहामा निस्कने बताएका हुन्।

बिहीबार, नेपाल प्रेस युनियन ले सुनवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले आगामी आम निर्वाचनका लागि पनि आफू काठमाडौँबाट प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

उनले भने कि पार्टीको १५औँ महाधिवेशन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन दुवैलाई सँगसँगै अगाडि बढाइनेछ। कतिपय नेतामा महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने चिन्ता देखिएको भन्दै, उनले दुवै कामलाई सन्तुलित रूपमा अघि बढाउने नीति लिएको स्पष्ट पारे।

‘महाधिवेशन गर्ने कि नगर्ने भन्ने बहसमा केही समय खेर गएको भए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा होमिनुपर्छ,’ थापाले भने। उनले थपे, ‘फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति नआउने गरी हामी यसप्रति पूर्ण रूपले प्रतिबद्ध छौँ।’

पत्रकार सम्मेलनमा थापाले, जेनजिप्रदर्शनपछि फरार रहेका कैदी–बन्दी र लुटिएका हतियार आगामी निर्वाचनका लागि सुरक्षा चुनौती बन्न सक्ने भन्दै, सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री सुशीला कार्की ले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा पनि आफूले यिनै विषयहरू उठाएको जानकारी दिँदै, सरकारले समयमै आपराधिक गतिविधि नियन्त्रण गरी निर्वाचनसम्म सबै संशय हटाउनुपर्ने बताए।

उनले सबै राजनीतिक दल र समूहलाई निष्पक्ष रूपमा चुनावमा भाग लिन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।