

मोरङको जहदामा जुवातास खेलिरहेका तीन जना पक्राउ ।
कोशी आवाज २०८२ असोज ३ गते शुक्रबार।
मोरङ,रङ्गेली । जहदा गाउँपालिका–४ रामचोकस्थित लोहन्द्रा खोलाको किनार छेउ बासघारीमा जुवातास खेलिरहेका अवस्थामा तीन जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नायब निरीक्षक सदानन्द कुमार यादवको कमाण्डमा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरीक्षक अनिल भुजेलको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १४ वटा कौडा र नगद रु. ४८ हजार ६ सय १५ बरामद गरेको छ। बरामद सामानसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–३ बस्ने २७ वर्षीय सुचित कुमार सिंह, धनपालथान गाउँपालिका–६ बस्ने ३८ वर्षीय धरमेन्द्र महतो र जहदा गाउँपालिका–४ बस्ने ५० वर्षीय श्यामसुन्दर महतो रहेका छन्।