

सुनवर्षीमा ५५ वर्षीया महिला मृ#त फेला । कोशी आवाज २०८२ भदौ २२ गते आइतबार ।
मोरङ सुनवर्षी । सुनवर्षी नगरपालिका–६ केरेन्जा बस्ने ५५ वर्षीया शान्ती देवी महतो आफ्नै घरभित्र झु#ण्डि#एको अवस्थामा मृ#त फेला परेकी छन्।
प्रहरीका अनुसार महतो टिनको छानो र टाटी बेराले बनेको घरभित्र बाँसको बलोमा साडीको पासो लगाई झु#ण्डि#एको अवस्थामा भेटिएको हो। घटना किन र कसरी भएको हो भन्नेबारे प्रष्ट कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटिइ गई सुरक्षा व्यवस्था मिलाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जानकारी दिएको छ।