

सुन्दरहरैचामा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते । कोशी आवाज २०८२ भदौ १९ गते बिहीबार ।
मोरङ उर्लाबारी । सुन्दरहरैचा नगरपालिका–१ हरैचा चोकमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।
बिराटचोकबाट बिराटनगरतर्फ जाँदै गरेको ना ४ ख ७२४८ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेका सुन्दरहरैचा–१ बस्ने ६० वर्षीय ज्ञानबहादुर तामाङलाई ठक्कर दिएको हो। घाइते तामाङलाई गम्भीर अवस्थामा उपचारका लागि बिराट टिचिङ अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ। सोही ट्रक चालक बेलबारी नगरपालिका–४ बस्ने ४० वर्षीय वासुदेव चौधरी इलाका प्रहरी कार्यालय हरैचाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।