कानेपोखरीमा मोटरसाइकल दुर्घटना, दुई किशोर घाइते ।
कानेपोखरीमा मोटरसाइकल दुर्घटना, दुई किशोर घाइते ।

कोशी आवाज २०८२ भदौ १९ गते बिहिबार ।

मोरङ,रंगेली । कानेपोखरी गाउँपालिका–५ बाँसबारीस्थित कानेपोखरी–रंगेली सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई किशोर घाइते भएका छन्।

रमाइलोबाट रंगेली तर्फ जाँदै गरेको मे ६ प ६८१ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार कानेपोखरी–३ बस्ने १५ वर्षीय मोहन खतिवडा घाइते भएका छन्। उनको अनुहार र दाहिने हातमा चोट लागेकाले उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकल चालक कानेपोखरी–२ बस्ने १५ वर्षीय हेलेन चौधरी पनि उपचाररत रहेका छन्। दुर्घटनास्थलमा प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षकको टोली खटिएको थियो। हाल सो मोटरसाइकल प्रहरी चौकी रमाइलोको नियन्त्रणमा रहेको छ।