

कानेपोखरीमा लागूऔषधसहित एक युवक पक्राउ । कोशी आवाज २०८२ भदौ १९ गते बिहिबार ।
मोरङ रंगेली । कानेपोखरी गाउँपालिका–६ रमाइलो बस्ने २६ वर्षीय मिनबहादुर बस्नेत लागूऔषधसहित पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी नायब निरीक्षकको टोली र क्षेत्रीय प्रहरी कार्यालय पथरीबाट गएको टोलीले चेकजाँच गर्ने क्रममा बस्नेतको घर कोठाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने ४९ ग्राम ८६० मिलिग्राम बरामद गरेको हो।
पक्राउ परेका बस्नेतलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।