

पूर्व मन्त्री डा. मिनेन्द्र रिजालको उपस्थितिमा रंगेलीमा विशेष भेटघाट कार्यक्रम सम्पन्न । कोशी आवाज २०८२ भदौ १७ गते मंगलबार।
मोरङ रङ्गेली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजालको उपस्थितिमा मोरङ क्षेत्र नं. २, रंगेली नगरपालिका–९ फर्साडाङ्गीमा वडा कार्यकर्ता र नेतृवसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टीलाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा डा. रिजालले पार्टी सुदृढीकरण, संगठन विस्तार तथा स्थानीय समस्याको समाधानका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली कांग्रेसलाई जनताको पक्षमा उभ्याउन सक्ने संगठन बनाउन आवश्यक छ भनेर पनि बताउनुभयो।
स्थानीय नेतृव तथा क्रियाशील सदस्यहरूले क्षेत्रीय विकास, संगठनात्मक चुनौती र भावी योजनाबारे आफ्ना धारणा राख्दै संगठन सुदृढीकरणमा एकजुट भएर अघि बढ्ने अठोट व्यक्त गरेका थिए।