रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार चयन ।

रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार चयन ।

कोशी आवाज २०८२ भदौ १५ गते आइतबार ।

विराटनगर । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्।

सिद्धार्थनगर–९ का थापा पार्टीको प्राइमरी इलेक्सनमार्फत आइतबार निर्वाचित भएका हुन्। उम्मेदवार चयन प्रक्रियामा विभिन्न स्थानका ८ जना प्रतिस्पर्धी रहेका थिए।

प्रतिस्पर्धी उम्मेदवारहरूमा —

सुलभ खरेल (बुटवल–१६)

पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७)

ज्ञानु पौड्याल (सिद्धार्थनगर–८)

जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१)

कुसुम महर्जन (मध्यपुर ठिमी–६, भक्तपुर)

रचना क्षेत्री (सिद्धार्थनगर–३)

पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८)

मधुप्रसाद अर्याल (बुटवल–१७)

रहेका थिए। तीमध्ये थापाले सर्वाधिक मत प्राप्त गर्दै उम्मेदवारी टिकट जितेका हुन्।

अब रास्वपाको तर्फबाट थापा आगामी उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।