मोरङ कारागारमा थुनुवा महिलाले आ#त्मह#त्या गरे ।

मोरङ कारागारमा थुनुवा महिलाले आ#त्मह#त्या गरे ।
कोशिया भाग २०८२ भदौ ११ गते बुधबार ।
मोरङ — मोरङ जिल्ला कारागार, बिराटनगर–८ हाटखोला स्थित शौचालयभित्र एक महिलाले आ#त्मह#त्या गरेकी छिन्।

सुनसरी जिल्ला अदालतले मिति २०८१ कार्तिक ७ गतेको फैसला आदेशअनुसार कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएकी सुनसरी बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधिका भट्टराई (राधा भनिने)ले आ#त्मह#त्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कारागारमै थुनामा रहेकी भट्टराईले मंगलबार शौचालयभित्र सलको पासो बनाएर घाँटीमा झुण्डिई आ#त्मह#त्या गरेकी हुन्। घटनास्थलको आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।