

विराटनगर महानगरपालिका–७ जलजला चोकमा पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
कोशी आवाज २०८२ भदौ २ गते सोमबार।
मोरङ रंगेली । विराटनगर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ८६९६ नम्बरको पिकअपले बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४७ प ९९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका–९ का २६ वर्षीय बिकाश भगत, उनकी ३० वर्षीया श्रीमती पुनम भगत र १२ वर्षीया छोरी सानकी भगत घाइते भएका छन् । तिनै जनाको दाहिने खुट्टामा चोट लागेकाले उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न पिकअप चालक झापा अर्जुनधारा नगरपालिका–८ का २० वर्षीय सुमन हेमरम रहेका छन् । मोटरसाइकल, पिकअप र पिकअप चालक वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेको छ ।