मोरङको धनपालथान गाउँपालिका–६ दादरबेरिया चौकस्थित विराटनगर–कर्सिया हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्री घाइते ।

मोरङको धनपालथान गाउँपालिका–६ दादरबेरिया चौकस्थित विराटनगर–कर्सिया हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्री घाइते भएकी छिन् ।

कोशी आवाज २०८२ भादो २ गते सोमबार।

मोरङ, रंगेली । दादरबेरियाबाट कर्सिया तर्फ आउँदै गरेको प्रदेश १–०४–००२प ३९७७ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ हिँडिरहेकी ४५ वर्षीया शिला देवी ठाकुरलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी हुन् । घाइते ठाकुरलाई उपचारका लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् भने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरी चौकी कर्सियाले जानकारी दिएको छ।