किसानका मागसहित मोरङ सुनसरीका किसान संघका सभापतिले संयुक्तमा कृषि मन्त्रीलाई ध्यानाकर्षण गराए ।

किसानका मागसहित कृषि मन्त्रीलाई संयुक्त ध्यानाकर्षण पत्र।

कोशी आवाज २०८२ साउन २७ गते मंगलबार ।

मोरङ, रंगेली — नेपाल किसान महासंघ मोरङ र नेपाल किसान महासंघ सुनसरी (नेकिम) का द्वय अध्यक्षले आज संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्।

संयुक्त ध्यानाकर्षण पत्रमा किसानसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मुद्दाहरू उठाइएको छ। पत्रमा युरिया लगायत अन्य मल पर्याप्त मात्रामा नपाएको कारणले सिर्जित समस्या, मोरङको ग्रामथान गाउँपालिकामा भएको आन्तरिक विवादले किसानलाई परेको असर, मोरङ र सुनसरीका किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारको अनुमति पत्र प्रक्रियामा देखिएको ढिलाइ, र वर्षा कम हुँदा मोरङको तहरामा पानी आपूर्तिको आवश्यकता जस्ता विषयहरू उल्लेख गरिएका छन्।

दुवै जिल्लाका अध्यक्षहरूले किसानलाई तत्काल मल तथा सिंचाइको सहज व्यवस्था मिलाउन आग्रह गर्दै, संघीय मन्त्रालयले यस विषयमा चाँडो पहल गर्नुपर्ने बताएका छन्।

संयुक्त ध्यानाकर्षण पत्रमा मोरङ तर्फबाट बसन्त होमगाई, जिल्ला अध्यक्ष, र सुनसरी तर्फबाट रामवृक्ष मेहता, जिल्ला अध्यक्ष, को हस्ताक्षर रहेको छ।
Koshi Aawaj Koshi Aawaj koshi Aawaj