

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका अधिकारीहरूले रसुवास्थित ‘भोटेकोशी’ पनि भनिने ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।
कोशी आवाज २०८२ असार २४ गते मङ्गलबार ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेको बताइएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए।
Sourc : BBCNepali