धनपाल गाउँपालिका वार्ड नं ५ मा आफ्नै काका ले ५ वर्ष भतिजीलाई बलात्कार गरी हत्या गरेको खुलेको छन् ।

धनपाल थान गाउँपालिका वार्ड नं ५ मा आफ्नै काका ले ५ वर्ष भतिजीलाई बलात्कार गरी हत्या गरेको खुलेको छन् ।

कोशी आवाज २०८२ असार १५ गते आइतबार ।

मोरङ रंगेली। धनपाल गाउँपालिका वार्ड नं ५ बबिया मा बिहान ३;०० बजेको समयमा अक्षय सरदारको छोरी बर्ष -५ की बच्ची आत्तिका सरदार हराएको खबर गाउँघरका मानिसहरूलाई न जानकारी दिइ उहाँका हजुरआमा र काका खोज तलास गर्दै गर्ने क्रममा धनपालथान गाउँपालिका वडा -५ श्री दुर्गा अधारभुत बिधालयको बाहिर पट्टि बाटोको छेउमा निज बच्ची आत्तिका सरदार मृत अबस्थामा काकाले देखेको र काखमा काकाले बच्चीलाई लिएर रुइरहेको स्थानीयले जानकारी दिएका थियो। स्थानीयहरूले मृतकका काकालाई सोधपुछ गर्दा मृतकको काकाले भने मसँगै सुतिरहेको थियो। हामीलाई न जानकारी दिई ३ बजे राति कहाँ गएको हामीलाई पनि थाहा थिएन स्थानीयलाई बच्चीको काकाले भने।

मृतकको काकालाई त्यही के एकजना महिलाले सोध्दा भने हामीलाई केही थाहा भएन मलाई तिर्खा लागेपछि म उठ्दाखेरि मेरा भतिजी मेरो छेउमा थिएन। अनि म आमा लाई सोधे आमा छोरी आएको छन् । उसको आमाले भने आएको छैन ।त्यसपश्चात हामी त्यो बच्चीलाई खोज्न थाले भनेर उसको काकाले महिलालाई भने फेरि त्यही महिलाले दोहोराएर सोध्दा पहिला भन्यो ३ बजे हरायो त्यसपछि ५ बजे हरायो भनेर भन्दाखेरि स्थानीय हरू त्यसमाथि नै शङ्का उपशङ्खा उत्पन्न हुन थालियो । बच्चीको काकाको बोलीले पुलिसलाई पनि शङ्का भएपछि मोरङ धनपालथान गाउँपालिका-५ बस्ने वर्ष २१ को अनिस सरदार लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई आवश्यक अनुसन्धानको लागि  नियन्त्रणमा लिएका थिए ।

मृतक बच्चीको लास पोष्ट मार्टम पस्चात निजको आमा सारदा देबि सरदारले १७;२० बजे समयमा मृतक बच्ची लाई बुझी घर ल्याएका थियो।घटना सम्बन्धमा अनुसन्धानको क्रममा मृतक बच्चीको काका जिल्ला मोरङ धनपालथान गाउँपालिका-५ बस्ने वर्ष २१ को अनिस सरदार संलग्न रहेको भन्ने खुल्न आएको तथा मृतकको मावली हजुर बुबा जिल्ला मोरङ कटहरी गाउँपालिका-६ बस्ने वर्ष-५१ को पर्शुराम सरदारले पक्राउ परेको अनिस सरदार बिरुद्ध हाडनातामा जवरजस्ती करणी गरी मारेको ज्यान सम्बन्धि किटानी जाहेरी दिएको हुदा मुद्धा दर्ता गरी सम्मानित मोरङ जिल्ला अदालत मोरङ म्याद थपको लागि असार १५ गते १३:३० बजेको समयमा पठाइएको प्रहरीले हामीलाई जानकारी दिएका छन्।