मिलील्यान्ड इङ्लिस बोर्डिङ स्कुल रङ्गेली द्वारा NCC प्रथम प्रवचन कार्यक्रम सम्पन्न ।

मिलील्यान्ड इङ्लिस बोर्डिङ स्कुल रङ्गेली वार्ड नं ७ मा रहेको NCC प्रथम प्रवचन कार्यक्रम सम्पन्न ।

कोशी आवाज २०८२ असार १० गते मंगलबार।

आज मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, रङ्गेलीमा National Cadet Corps (NCC) तालिम प्रारम्भको अवसरमा प्रथम प्रवचन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा रङ्गेली नगरपालिकाका नगरप्रमुख श्री दिलीपकुमार अग्रवालज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने प्रमुख सेनानी श्री अरुण कार्की र सेनानी श्री हेमकुमार शिवाकोटीज्यू विशिष्ट अतिथि रहनुभएको थियो।
यस वर्ष NCC तालिमका लागि छनोट भएका १५ जना छात्र र १५ जना छात्रालाई अभिभावकसहित आमन्त्रित गरियो।
कार्यक्रममा सेनानीज्यूहरूले तालिमको महत्व, नियम र राष्ट्रसेवाको भावना बारे प्रेरणादायी मन्तव्य दिनुभयो।