मोरङमा ७ लाख ४९ हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद
कोशी आवाज २०८३ कार्तिक १७ गते शुक्रबार ।
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटहरूले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका ७ लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका सामान बरामद गरेका छन्।
२०८३ साल कार्तिक २७ गते सीमा सुरक्षा गुल्म रानी, बीओपी दरैया, बीओपी जहदा भुटाहा तथा बीओपी रङ्गेलीबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोरङका विभिन्न स्थानबाट उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा एक थान सिटी सफारी, एक थान स्कुटर, ६ थान साइकल, कस्मेटिक सामग्री, हरियो तरकारी, दुई वटा पाडा र एउटा खसी रहेका छन्।
बरामद सम्पूर्ण सामानको भन्सार मूल्य ७ लाख ४९ हजार ५६५ रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।