नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्रीमा अमरेन्द्र कुमार साहको दाबी
कोशी आवाज २०८३ असोज २९ गते बिहिवार ।
मोरङ । नेपाली कांग्रेसको कोशी प्रदेश सहमहामन्त्री पदमा मोरङको सुनवर्षी नगरपालिका–डाइनियाँ बजार निवासी अमरेन्द्र कुमार साहले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
हाल नेपाली कांग्रेस कोशी प्रदेश सदस्यका रूपमा कार्यरत साह मोरङ निर्वाचन क्षेत्र नं. २ बाट अत्यधिक मतसहित निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका साह जनतामाझ परिचित नेताका रूपमा चिनिन्छन्।
साहलाई कोशी प्रदेशका प्रभावशाली नेतामध्ये एकका रूपमा हेरिन्छ। प्रखर वक्ता, वरिष्ठ समाजसेवी तथा संघर्षशील युवा नेताको पहिचान बनाएका साहले राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।
मोरङ निर्वाचन क्षेत्र नं. २ का नेता तथा कार्यकर्तामाझ राम्रो सम्बन्ध बनाएका साहलाई स्थानीय स्तरमा कुशल नेतृत्व गर्न सक्ने नेताका रूपमा विश्वास गर्नेहरू छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना समेट्ने तथा जनतासँग पार्टीको सम्बन्ध अझ बलियो बनाउने अपेक्षासहित उनले कोशी प्रदेश सहमहामन्त्री पदमा दाबी अघि सारेका हुन्।
नेपाली कांग्रेसभित्र प्रदेशस्तरीय नेतृत्व चयनको चर्चा भइरहेका बेला साहको दाबीलाई पार्टीको आगामी राजनीतिक समीकरण र संगठनात्मक प्रतिस्पर्धासँग जोडेर हेरिएको छ।
#नेपालीकांग्रेस #अमरेन्द्रकुमारसाह #कोशीप्रदेश #सुनवर्षी #डाइनियाँ #KoshiAawaj #NewsUpdate