कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए ।

कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।

राठौरले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। उनले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

सभापति पदका लागि यसअघि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले मनोनयन दर्ता गराएका थिए।

नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा महाधिवेशन जारी छ। उम्मेदवारी फिर्तासँगै सभापति पदको चुनावी समीकरणमा समेत परिवर्तन आएको छ।