कांग्रेस १५औँ महाधिवेशन : पुर्णिमा देवद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा ।

कांग्रेस १५औँ महाधिवेशन : पुर्णिमा देवद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा ।

कोशी आवाज २०८३ असोज २१ गते बुधबार ।

बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशबाट युवा नेत्री पुर्णिमा देवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।देवले महिला–३५ वर्षमुनि समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन्। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको वैचारिक निष्ठालाई आत्मसात् गर्दै पार्टीभित्र युवा तथा महिलाको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।उनले ‘तपाईंको भोट, मेरो संकल्प’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरूसँग मत र समर्थनको अपिल गरेकी छन्।३५ वर्षमुनिको महिला समूहबाट उनको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको सहभागिता र प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।