जोगबनी सीमा क्षेत्रमा ८.१५ ग्राम ब्राउन सुगरसहित नेपाली नागरिक पक्राउ ।

जोगबनी सीमा क्षेत्रमा ८.१५ ग्राम ब्राउन सुगरसहित नेपाली नागरिक पक्राउ ।

कोशी आवाज २०८३ असोज २० गते मङ्गलबार ।

बिराटनगर । भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषधविरुद्धको संयुक्त अभियानका क्रममा जोगबनी थाना प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले ८.१५ ग्राम ब्राउन सुगरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालस्थित टिकुलिया बस्ती निवासी नन्दा कुमार खड्का रहेका छन्।

संयुक्त टोलीले सीमा क्षेत्रमा निगरानी तथा जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा खड्कालाई रोकी तलासी लिएको थियो। तलासीका क्रममा उनको साथबाट ८.१५ ग्राम ब्राउन सुगर, एउटा इलेक्ट्रोनिक तौल मेसिन र एउटा मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

बरामद ब्राउन सुगर तथा अन्य सामग्री नियन्त्रणमा लिएर खड्कालाई पक्राउ गरिएको र घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा तस्करी नियन्त्रणका लागि प्रहरी र एसएसबीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेका छन्।