रङ्गेली अस्पतालमा आमा सुरक्षा कार्यक्रमको सुविधा कटौतीप्रति स्थानीयको गुनासो गरिवलाइ सास्ती हुँदै

रङ्गेली अस्पतालमा आमा सुरक्षा कार्यक्रमको सुविधा कटौतीप्रति स्थानीयको गुनासो गरिवलाइ सास्ती हुँदै ।

कोशी आवाज २०८३ भदौ २७ गते शनिबार ।

विराटनगर । गर्भवती महिलाको सुरक्षित मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रम (ANC) प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। सोही संवैधानिक व्यवस्थाअनुसार गर्भवती महिलालाई गर्भावस्थादेखि सुरक्षित प्रसूति तथा सुत्केरीपछिको आवश्यक स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउने उद्देश्यले सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तर रङ्गेली अस्पतालमा विगतदेखि गर्भावस्थादेखि सुत्केरी हुँदासम्म उपलब्ध हुँदै आएको विभिन्न निःशुल्क सेवा तथा यातायात सुविधामा पछिल्लो समय कटौती भएपछि यस क्षेत्रका गरिब, दलित, विपन्न तथा निमुखा परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको स्थानीयवासीको गुनासो छ।

स्थानीयका अनुसार रङ्गेली अस्पतालले विगतमा गर्भवती महिलालाई नियमित गर्भजाँच (ANC), आवश्यक स्वास्थ्य परीक्षण तथा सुत्केरी सेवासहित यातायात खर्चमा समेत सहजीकरण गर्दै आएको थियो। तर अस्पताल विकास समितिको पछिल्लो निर्णय चुनौती दिदै २०८३ साल देखी निर्णयलाई चुनौती दिदै आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्राप्त हुँदै आएका सुविधा हटाइएपछि गर्भवती महिलालाई उपचारका लागि थप आर्थिक भार परेको उनीहरूको भनाइ छ।

“गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि पटक–पटक अस्पताल आउनु, परीक्षण गराउनु र औषधि किन्नु नै ठूलो समस्या हो। पहिले अस्पतालबाट पाइरहेको सुविधा हटाउँदा सबैभन्दा बढी गरिब परिवार प्रभावित भएका छन्,” एक स्थानीयले गुनासो गरेका छन ।