मोरङ–२ बाट एमालेका उम्मेदवार सिफारिस, रङ्गेलीका मेयर दिलिप बगडियाको नाम पनि समेटियो

मोरङ–२ बाट एमालेका उम्मेदवार सिफारिस, रङ्गेलीका मेयर दिलिप बगडियाको नाम पनि समेटियो ।

कोशी आवाज २०८२ पुष २० गते आइतबार ।

मोरङ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ। पार्टी स्रोतका अनुसार नेकपा एमाले मोरङले रङ्गेली नगरपालिकाका वर्तमान मेयर दिलिप बगडिया, नेता ऋषिकेश पोखरेल तथा महिलातर्फ नैनकला ओझाको नाम सिफारिस गरेको हो।

पछिल्लो समय विभिन्न क्षेत्रबाट रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया संसदीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको अवस्थामा उनको नाम मोरङ क्षेत्र नम्बर २ बाट औपचारिक रूपमा सिफारिस भएपछि ती चर्चालाई थप बल पुगेको छ।

अब सिफारिसमा परेका तीनजनामध्ये कुनै एक जनालाई नेकपा एमालेको केन्द्रीय समितिले अन्तिम उम्मेदवारका रूपमा चयन गर्नेछ। केन्द्रीय निर्णयसँगै मोरङ क्षेत्र नम्बर २ को निर्वाचन थप राजनीतिक चासोको विषय बन्ने देखिएको छ।