नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद हुन्छ।

कोशी आवाज २०८२ पुस १२ गते शनिबार ।

मोरङ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कम्युनमा छापा मारिएको घटनालाई ‘राज्यको श्वेत आतंक’को संज्ञा दिएका छन्।
उनले विज्ञप्ति जारी गर्दै सरकारको आलोचना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले एकातिर शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने प्रचार गर्ने र अर्कोतिर माओवादीका उत्पादन केन्द्र तथा सर्वसाधारण नागरिकका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहँदैन, बरु देशलाई अशान्तितर्फ धकेल्न चाहन्छ भन्ने पुष्टि भएको छ।”
छापाका क्रममा फेला परेका सामग्रीमा भरुवा बन्दुक २ थान, ग्रेनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चरजस्तो देखिने प्लास्टिकका पाइप ३ वटा, पाँच लिटर क्षमताको प्रेसर कुकर बम १ वटा, स्टिलको बम १ वटा, बिजुलीका तार ४ बन्डल र करिब ५०० ग्राम बारुद रहेको जनाइएको छ।
सरकार र माओवादी पक्षबीच यस घटनालाई लिएर तीव्र मतभेद देखिएको छ। माओवादी पक्षले यसलाई राज्यको दमनको संज्ञा दिएको छ भने सुरक्षा निकायले अवैध रूपमा लुकाइएका हतियार तथा विस्फोटक पदार्थ बरामद गर्नु कानुनी दायराभित्रको कारबाही भएको बताउँदै आएको छ।