डाइनियामा मोटरसाइकल दुर्घटना, चालक र पैदल यात्री गम्भीर घाइते
कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार ।
मोरङ । सुनबर्षी नगरपालिका–९, डाइनिया बजारस्थित हुलाकी सडक खण्डमा पश्चिम रंगेलीबाट डाइनिया बजारतर्फ आउँदै गरेको बा ८४ प १३०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला सिरहा, लहान नगरपालिका–८ बस्ने २८ वर्षीय अबिनास गिरी र पैदल यात्री सुनबर्षी नगरपालिका–९ बस्ने २८ वर्षीय सुनिल कुमार राजवंशी गम्भीर घाइते भएका छन्।
प्रहरी चौकी डाइनियामा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइते दुवैलाई उपचारका लागि रंगेली अस्पताल, रंगेली पठाएको जनाएको छ। प्रहरीका अनुसार चालक गिरीको दाहिने कानबाट रगत बगिरहेको अवस्था छ भने पैदल यात्री राजवंशीको टाउकोमा चोट लाग्नुका साथै दाहिने कानबाट रगत बगिरहेको अवस्था रहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी डाइनियाको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।