लेटाङमा इलेक्ट्रिक साइकल र पैदलयात्री ठोक्किँदा दुई जना घाइते

लेटाङमा इलेक्ट्रिक साइकल र पैदलयात्री ठोक्किँदा दुई जना घाइते

कोशी आवाज २०८२ भदौ ५ गते बुधबार ।

मोरङ, रङ्गेली। लेटाङ नगरपालिका–५ खेरुवास्थित सडक खण्डमा आइतबार बिहान भएको दुर्घटनामा पैदल यात्री र साइकल चालक दुबै घाइते भएका छन्।

लेटाङतर्फ आउँदै गरेको एक इलेक्ट्रिक साइकलले पैदल यात्री ४६ वर्षीया हेम कुमारी बस्नेतलाई ठक्कर दिँदा बस्नेतको दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सोही साइकल चालक ८४ वर्षीय सदानन्द पोखरेल पनि दुर्घटनामा परि दाहिने हात र टाउकोमा चोट लागेर घाइते भएका छन्। दुबै जनाको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि उक्त इलेक्ट्रिक साइकल इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।