रङ्गेली नगरपालिका वार्ड नं ८ चण्डीका डिक्सनरी प्राइभेट लिमिटेड कम्पनीमा काम गर्दै आएका एककामदारलाई बिजुली झट्का लागेर गम्भीर घाइते।

रङ्गेली नगरपालिका वार्ड नं ८ चण्डीका डिक्सनरी प्राइभेट लिमिटेड कम्पनीमा काम गर्दै आएका कामदारलाई करेन्ट झट्का लागेर गम्भीर घाइते।

सुनसरी, दुहबी नगरपालिका वडा नम्बर ३ र मोरङ, रंगेली नगरपालिका वार्ड नं ८ चण्डिका डिस्लरीमा काम गर्दै आएका एक ३२ वर्षीय सुरज ऋषिदेवलाई कार्यस्थलमा दुर्घटना भएको छ। उनी दुहबी नगरपालिका वडा नम्बर ३ का स्थायी निवासी हुन् र हाल रंगेलीस्थित चण्डीका स्टेशनरी प्रा.ली.मा लेवर काम गर्दै थिए।

रंगेली स्थित उक्त कम्पनीमा काम गरिरहेको बेला सुरजले फलामको रड बोकेका थिए। त्यो बेला कम्पनीभित्र रहेका नाङगो तारको सम्पर्कमा आउँदा उनलाई करेन्टको झट्का लागेको थियो। उनलाई तत्काल रंगेली अस्पतालमा उपचारको लागि लगिएको थियो, जहाँ सामान्य उपचारपछि थप उपचारको लागि कोशी अस्पतालमा रेफर गरिएको छ।

सुरज ऋषिदेव बोल्न नसक्ने अवस्थामा रहेको र प्रहरीलाई यस घटना बारेमा जानकारी दिइएको छ। सो घटनाको थप अनुसन्धान भइरहेको र सुरजको स्वास्थ्य स्थिति बारे सब तरिकाले नजर राख्ने गरिने प्रहरीले बताएका छन्।
Koshi Aawaj Koshi Aawaj koshi Aawaj