मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भयो भारी वर्षा

कोशी आवाज

रंगेली |मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले केही बेरअघि (शुक्रबार राति साढे ९ बजे आसपास) सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

सूचनामा भनिएको छ- कोसी प्रदेशका एक दुइ  स्थानमा  भारि बर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भाग कोसी प्रदेशबाट जेठ १५ गते राति मनसुन भित्रिएको हो र उक्त प्रदेशका अधिकांश स्थानमा मनसुन फैलिसकेको छ।

नेपालमा यसपटक मनसुन ५७ वर्षयताकै सबैभन्दा छिटो भित्रिएको हो।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार यसअघि मनसुन सबैभन्दा छिटो सन् १९९६ मा मे ३१ तारिखका दिन नेपाल भित्रिएको थियो।

यस वर्ष सन् २०२५ मा त्यसभन्दा अझ चाँडो मे २९ तारिखमै मनसुन नेपाल भित्रिएको हो।