रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न ।

कोशी आवाज २०८३ भदौ १८ गते बिहिबार ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल र तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीको सहकार्यमा बुधबार विराटनगरस्थित म्याजिक फुटवेयर उद्योगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।


बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा कुल २४५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थप उपचार तथा आवश्यक जाँचका लागि केही बिरामीलाई अस्पतालमा रेफर गरिएको थियो।


आँखाको नजिकको दृष्टि सुधार आवश्यक भएका ६८ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। साथै, उपचार आवश्यक भएका बिरामीलाई आवश्यकतानुसार निःशुल्क आँखाको औषधि समेत प्रदान गरिएको थियो।


कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले औषधि तथा चस्माको सम्पूर्ण खर्च रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यहोरेको जानकारी दिनुभयो।
शिविरका क्रममा २ जना बिरामीलाई निःशुल्क मोतीयाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको र उक्त शल्यक्रियाको सम्पूर्ण खर्च रामलाल गोल्छा आँखा अस्पतालले व्यहोर्ने जानकारी दिइएको छ।
शिविर सफल बनाउन रोटरी क्लबका सदस्य तथा स्वयंसेवकहरूले झण्डै ७ घण्टा स्वयंसेवी सेवा प्रदान गरेका थिए।
आँखाको नियमित परीक्षण तथा समयमै उपचारमार्फत समुदायमा आँखासम्बन्धी समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजित यस शिविरले स्थानीय समुदायलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराएको छ।