शक्ति राष्ट्रको गोलमेचमा स्वार्थको हिसाबकिताब, ट्रम्प–सी–पुटिनबीच ८१ मिनेट लामो वार्ता ।

शक्ति राष्ट्रको गोलमेचमा स्वार्थको हिसाबकिताब, ट्रम्प–सी–पुटिनबीच ८१ मिनेट लामो वार्ता ।

कोशी आवाज २०८३ मंसिर ३ गते शुक्रबार।

बिराटनगर । चीनको दक्षिणी सहर सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय शिखर वार्ता सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय राजनीतिमा ‘याल्टा २.०’ को संज्ञा दिइएको ८१ मिनेट लामो वार्तालाई विश्व कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यद्यपि, बैठकबाट कुनै ठोस तथा ठूला सम्झौता हुन सकेनन्। तीन महाशक्ति राष्ट्रका प्रमुख एउटै गोलमेचमा बस्नु नै यसको प्रमुख उपलब्धि बनेको विश्लेषण गरिएको छ।

वार्तामा तीनै नेताले आ–आफ्नो राष्ट्रिय तथा राजनीतिक स्वार्थलाई प्राथमिकता दिएका थिए। रुसी राष्ट्रपति पुटिनका लागि यो पश्चिमी राष्ट्रहरूबाट कूटनीतिक रूपमा अलगिएको अवस्थाबाट बाहिरिने अवसर बन्यो भने चिनियाँ राष्ट्रपति सीले चीनलाई विश्व कूटनीतिको केन्द्रमा स्थापित गर्ने प्रयास गरे ।

त्यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले आफू अझै विश्व राजनीतिमा प्रभावशाली रहेको सन्देश दिन खोजे। तर, आणविक हतियार नियन्त्रणसम्बन्धी अमेरिकी प्रस्तावमा चीनको अनिच्छा देखिएको बताइएको छ।

युक्रेन र इरानजस्ता महत्त्वपूर्ण विषयमा ठोस सहमति जुट्न नसक्दा बैठकले विश्व शान्तिका लागि स्पष्ट मार्गचित्र दिन सकेन। समग्रमा, यो वार्ता सहमतिभन्दा पनि तीन शक्तिशाली राष्ट्रका नेताहरूले आ–आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने कूटनीतिक मञ्च बनेको विश्लेषण गरिएको छ।