रंगेली–५ आमगाछीको चाँदनी चोकमा माघ १९ देखि भव्य विष्णु महायज्ञ तथा मेला लाग्ने ।

रंगेली–५ आमगाछीको चाँदनी चोकमा माघ १९ देखि भव्य विष्णु महायज्ञ तथा मेला लाग्ने ।

कोशी आवाज २०८३ कार्तिक १९ गते बिहिवार ।

बिराटनगर । मोरङको रंगेली नगरपालिका–५, आमगाछीस्थित चाँदनी चोकमा आगामी माघ १९ गतेदेखि एक सातासम्म श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुने भएको छ।

महायज्ञको अवसरमा एक सातासम्म विष्णु महायज्ञ, हरिराम हरे कृष्ण कीर्तन तथा विशाल धार्मिक मेला सञ्चालन गरिने मेला समितिले जनाएको छ।

करिब पाँच बिघा क्षेत्रफलमा आयोजना हुन लागेको उक्त धार्मिक कार्यक्रममा १०८ वटा विशाल मूर्ति निर्माण गरिने तयारी गरिएको छ। मूर्ति निर्माणका लागि भारतको कोलकाताबाट कलाकारहरू झिकाइएको छ भने मेलाको सजावटका सामग्री नेपालका विभिन्न सहरबाट ल्याइने भएको छ।

करिब ४० वर्षपछि रंगेली–५ को आमगाछी क्षेत्रमा यस किसिमको भव्य धार्मिक मेला आयोजना हुन लागेको हो। मेला समितिका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख ( तीस लाख रुपैयाँ)रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महायज्ञ तथा मेलाले धार्मिक आस्था, संस्कृति र स्थानीय क्षेत्रको चहलपहललाई थप बढावा दिने अपेक्षा गरिएको छ।