गढी–५ मा निःशुल्क स्वास्थ्य शिविर, १५० भन्दा बढी लाभान्वित ।
कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।
बिराटनगर । स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यले सुनसरीको गढी गाउँपालिका–५ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
एलायन्स युवा क्लब, गढी–५ को आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा १५० भन्दा बढी स्थानीय बासिन्दाले सहभागिता जनाएका थिए। सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षणका साथै आँखा, कान, नाक, घाँटी तथा दाँतसम्बन्धी स्वास्थ्य जाँचलगायतका सेवा निःशुल्क प्राप्त गरेका आयोजकले जनाएको छ।
स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट ग्रामीण तथा विपन्न समुदायका नागरिक लाभान्वित भएका छन्।