सन नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले दिए राजीनामा ।

सन नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले दिए राजीनामा ।

कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।

विराटनगर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कवि फुँयालले पदबाट राजीनामा दिएका छन्।

स्रोतका अनुसार फुँयालले शुक्रबारदेखि लागू हुनेगरी कम्पनीबाट राजीनामा दिएका हुन्। उनले भने राजीनामाको कारणबारे औपचारिक रूपमा केही खुलाएका छैनन्।

फुँयाल अर्को जीवन बीमा कम्पनीमा जाने तयारीमा रहेको स्रोतको दाबी छ। उनलाई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा जाने तयारीमा रहेको बताइएको छ। यद्यपि, फुँयाल स्वयंले यस विषयमा पुष्टि गरेका छैनन्।

हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल दाहालविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन्। त्यसपछि कम्पनीले नयाँ सीईओ नियुक्तिका लागि आवेदनसमेत माग गरेको थियो। तर, नियुक्ति प्रक्रियाविरुद्ध अदालतमा रिट निवेदन दर्ता भएपछि प्रक्रिया रोकिएको बताइएको छ।

यही परिस्थितिबीच फुँयालले सन नेपाल लाइफबाट राजीनामा दिएपछि उनको आगामी जिम्मेवारीलाई लिएर बीमा क्षेत्रमा चासो बढेको छ। यद्यपि, हिमालयन लाइफमा जाने विषयमा फुँयालको औपचारिक पुष्टि भने भएको छैन।

#KoshiAawaj #SunNepalLife #KabiPhuyal #InsuranceNews