सुकुना मा.वि. प्रकरणबारे सांसद गणेश कार्कीको चासो, दोषीलाई हदैसम्मको कारबाही गर्न पहल गर्ने प्रतिबद्धता । कोशी आवाज २०८३ श्रवण ०४ सोमबार ।
बिराटनगर । सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि भएको घटनाबारे मोरङ क्षेत्र नं. ३ का सांसद गणेश कार्कीले चासो व्यक्त गरेका छन्। सांसद कार्कीले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी पाएको जनाउँदै घटनाको अनुसन्धानमा खटिएका सुरक्षाकर्मी तथा प्रशासनसँग आफूले सम्पर्क गरिरहेको बताएका छन्।
उनका अनुसार घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परिसकेका छन् भने अन्य आरोपीहरूको समेत खोजी तथा ट्र्याकिङ भइरहेको छ। उनीहरूलाई पक्राउ गरी तत्काल कानुनी कारबाही अघि बढाइने जानकारी आफूले प्राप्त गरेको सांसद कार्कीले उल्लेख गरेका छन्।
कानुनी प्रक्रिया अघि बढिसकेकाले सबै विद्यार्थी तथा सम्बन्धित पक्षलाई सचेत र शान्त रहँदै अनुसन्धानमा सहयोग गर्न उनले आग्रह गरेका छन्। साथै, पीडित विद्यार्थीको न्याय र सुरक्षाका लागि तथा दोषीलाई हदैसम्मको कानुनी कारबाही सुनिश्चित गर्न अनुसन्धान र प्रक्रियामा निरन्तर सहयोग तथा ताकेता गरिरहने प्रतिबद्धता सांसद कार्कीले व्यक्त गरेका छन्।
सांसद कार्कीले सबैलाई संयमित रहन आग्रह गर्दै भनेका छन्, “कृपया, शान्त बसिदिनु होला।”