धनपालथानमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, शान्ति सुरक्षा र प्रहरी सेवाबारे छलफल ।

धनपालथानमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, शान्ति सुरक्षा र प्रहरी सेवाबारे छलफल ।

कोशी आवाज २०८३ असार २६ गते शुक्रबार ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा धनपालथान गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

धनपालथान गाउँपालिका–४ स्थित गाउँपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदार प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार झा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, बुद्धिजीवी, भद्रभलाद्मी, पत्रकार, समाजसेवी तथा स्थानीयवासी गरी करिब २०० जनाको सहभागिता रहेको थियो।

सुनुवाइ कार्यक्रममा प्रहरीले प्रवाह गर्ने सेवा, समाजमा शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्ने उपाय, अपराध अनुसन्धान, समुदाय–प्रहरी साझेदारीलगायत विषयमा सहभागीहरूले जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा सम्बन्धित प्रहरी अधिकारीहरूले जवाफ दिँदै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए।