अमृत अर्याल सहमहामन्त्रीमा उम्मेदवार, पौडेल–घिमिरे महामन्त्रीमा उम्मेदवारी।

अमृत अर्याल सहमहामन्त्रीमा उम्मेदवार, पौडेल–घिमिरे महामन्त्रीमा उम्मेदवारी ।

कोशी आवाज २०८२ पुस ३० गते बुधबार ।

मोरङ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत केन्द्र सदस्य अमृत अर्यालले सहमहामन्त्री पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी महामन्त्री पदका लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन्।

पार्टीभित्र हाल सबै नेताहरूको साझा धारणा पार्टी एकतामै अघि बढ्नुपर्ने रहेको नेताहरूले बताएका छन्। त्यसका लागि संस्थापक इतर समूह र विशेष महाधिवेशन पक्षधरबीच सहमति र संवादलाई प्राथमिकता दिइने जनाइएको छ। अन्तिम निर्णय दुवै पक्षबीचको वार्तापछि मात्र टुंगो लाग्ने नेताहरूको भनाइ छ।

आगामी महाधिवेशन र निर्वाचन प्रक्रियालाई लिएर पार्टीभित्र चासो बढ्दो छ। नेतृत्व चयनले पार्टीको भावी दिशा तय गर्ने भएकाले सबै पक्षको ध्यान केन्द्रित भएको छ। कांग्रेसभित्र सहमति, एकता र संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।