सुनसरीमा गोली लागेर सर्वसाधारणको मृ*त्यु ।

सुनसरीमा गोली लागेर सर्वसाधारणको मृ*त्यु ।

कोशी आवाज २०८२ पुस १७ गते बिहीबार ।

विराटनगर । सुनसरी जिल्लामा गोली लागेर एक सर्वसाधारणको मृत्यु भएको छ। बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लाग्दा कोशी गाउँपालिका–१ निवासी ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली विजय साहलाई लागेको थियो। गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि लैजाने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार घटनास्थलबाट गोलीको खोका फेला परेको छ भने घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ।

घटनाको कारण र संलग्न व्यक्ति पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।