एम्बुलेन्समा लुकाइछिपाई ल्याइँदै गरेको ५२१ केजी गाँजासहित दुई जना पक्राउ ।

एम्बुलेन्समा लुकाइछिपाई ल्याइँदै गरेको ५२१ केजी गाँजासहित दुई जना पक्राउ ।

कोशी आवाज २०८२ पुष १३ गते सोमबार ।

बिराटनगर । मोरङको केराबारी गाउँपालिका वडा नं. ५ लाफाटोलस्थित सडक खण्डमा एम्बुलेन्समार्फत लुकाइछिपाई लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा प्रहरीले देख्नासाथ एम्बुलेन्स रोकी चालक तथा सहचालक फरार हुन खोजेका थिए। सो क्रममा प्रहरीले पेस्तोलबाट एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. १ खाल्सा छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानबाट सञ्चालित एम्बुलेन्स र सोही एम्बुलेन्समा लुकाइछिपाई ल्याइएको ५२१ केजी लागूऔषध गाँजा बरामद गरेको छ।

पक्राउ पर्नेमा:

1. एम्बुलेन्स चालक, धनकुटा जिल्ला शहीदभूमि गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय निश्चल राई

2. धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं. २ निवासी २० वर्षीय खगेन्द्र लिम्बु

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।