कारबाहीमा परेकालाई कांग्रेसले दियो माफी, क्रियाशील सदस्यता यथावत ।

कारबाहीमा परेकालाई कांग्रेसले दियो माफी, क्रियाशील सदस्यता यथावत ।

कोशी आवाज २०८२ पुस १२ गते, शनिबार

मोरङ। नेपाली कांग्रेसले निर्वाचनका क्रममा पार्टीका उम्मेदवारविरुद्ध गतिविधि गरी निलम्बन तथा अन्य कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिबाट गरिएको निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको हो।

अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेका वा असहयोग गरी पार्टी अनुशासन विपरीत कार्यमा संलग्न भएकाहरूलाई गरिएको निष्कासन, निलम्बन तथा स्वतः कारबाहीको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

साथै, यसरी कारबाही माफी पाएका सदस्यहरूको क्रियाशील सदस्यता यथावत् कायम राखी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णयसमेत गरिएको उनले बताए।