लेटाङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु ।

लेटाङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु ।

कोशी आवाज २०८२ भदौ ५ गते बिहीबार ।

मोरङ,रंगेली । लेटाङ नगरपालिका–६ लामीटार बगुवा क्षेत्रमा  दिउँसो खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार लेटाङ–१ अमलबोटे बस्ने ७५ वर्षीय बुद्धबिर तामाङ र लेटाङ–२ किरातचोक बस्ने ५० वर्षीय च्याङवा उर्फ टिङ्के घिसिङ घरबाट लेटाङ बजार गएका र फर्कने क्रममा चिसाङ खोलाले बगाएको हो।

स्थानियले देखेपछि खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब ८०० मिटर दक्षिणमा बुद्धबिर तामाङलाई किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यस्तै, टिङ्के घिसिङ घटनास्थलभन्दा करिब ९०० मिटर दक्षिण खोलाको बीच भागमा मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा खटिएको छ। प्रहरीले मुचुल्का कार्य सम्पन्न गरी खोलाको बीच भागमा रहेको घिसिङको शव निकालिएको जनाएको छ।