

मकवानपुर प्रहरीद्वारा लागूऔषध तथा हातहतियार सहित १ जनालाई पक्राउ ।
कोशी आवाज २०८२ आषाढ २ गते सोमबार
विराटनगर। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले अटोमेटिक पेस्तोल सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुर जिल्ला राक्सिराङ गा.पा.०१ स्थित घर भएका राजु स्याङतान रहेको मकवानपुरका एसपी विश्वराज खड्काले बताएका छन्।
एसपी विश्वराज खड्काका अनुसार राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठा भित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा 7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र ऐ.को गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र ला.औ.गाँजा २२ किलो ८०० ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा हातहतियार बरामद गरी स्याङ्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई थप अनुन्धान कार्य भईरहेको ।