रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ८० विद्यार्थीलाई शैक्षिक तथा खाद्यान्न सामग्री वितरण ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ८० विद्यार्थीलाई शैक्षिक तथा खाद्यान्न सामग्री वितरण ।

कोशी आवाज २०८३ मङ्सिर ७ गते सोमबार ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर–पाञ्चालीस्थित संस्कृत विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई खाद्यान्न, जुत्ता–चप्पल तथा शैक्षिक सामग्री वितरण गरेको छ।एक कार्यक्रमको आयोजना गरी आर्थिक तथा अन्य अभावमा रहेका विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

 

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउनुका साथै दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।

समुदायको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै सकारात्मक परिवर्तनका लागि आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।