मोरङ–५ बाट कांग्रेस महाधिवेशनमा १ सहमहामन्त्रीसहित ३ केन्द्रीय सदस्यको दावेदारी ।

मोरङ–५ बाट कांग्रेस महाधिवेशनमा १ सहमहामन्त्रीसहित ३ केन्द्रीय सदस्यको दावेदारी ।

कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।

बिराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ५ बाट चार जनाले विभिन्न पदमा आफ्नो दावेदारी अघि बढाएका छन्।

क्षेत्र नम्बर ५ का कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।त्यस्तै, महाधिवेशन प्रतिनिधि फूलकुमार लालवानीले केन्द्रीय सदस्य, उम्मेदवार धनपालथान गाउँपालिकाकी उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि नसीमा बानोले मुस्लिम महिला कोटाबाट केन्द्रीय सदस्य पदमा दावेदारी प्रस्तुत गरेकी छन्।

यस्तै, महाधिवेशन प्रतिनिधि मोजाहिद हकले ३५ वर्षमुनिको युवा खुला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

यससँगै मोरङ क्षेत्र नम्बर ५ बाट एक जना सहमहामन्त्री र तीन जना केन्द्रीय सदस्य गरी चार जनाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आ–आफ्नो दावेदारी अघि बढाएका छन्।