इरानबारे ट्रम्पको महत्वपूर्ण निर्णय, ‘चाँडै कार्यान्वयन गर्ने’

इरानबारे ट्रम्पको महत्वपूर्ण निर्णय, ‘चाँडै कार्यान्वयन गर्ने’।

कोशी आवज २०८३ असोज १८ गते आइतबार

बिराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सम्बन्धमा महत्वपूर्ण निर्णय लिइसकेको दाबी गरेका छन्। उनले उक्त निर्णय चाँडै कार्यान्वयनमा ल्याउने बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले इरानबारे आफूले निर्णय गरिसकेको बताउँदै त्यसलाई छिट्टै लागू गर्ने स्पष्ट पारे।

इरानको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ट्रम्पले इरान आन्तरिक रूपमा कमजोर भइसकेको दाबी गरे। उनका अनुसार अब मुख्य प्रश्न उक्त प्रक्रिया सहज रूपमा अघि बढ्छ वा कठिन परिस्थितिबाट गुज्रिन्छ भन्ने रहेको छ।

यद्यपि, ट्रम्पले आफूले गरेको निर्णय के हो भन्नेबारे भने तत्काल विस्तृत जानकारी दिएका छैनन्।