पूर्व सांसद अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्ने ।

पूर्व सांसद अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्ने ।

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।

मोरङ । पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। उनले आगामी माघ ५ गते रास्वपामा औपचारिक रूपमा प्रवेश गर्ने जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्।

फेसबुकमा लेख्दै सिंहले जनकपुरधाममा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भई आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने उल्लेख गरेका छन्। ‘यही माघ ५ गते जगत् जननी माता सीताको जन्मस्थल जनकपुरधाममा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी हुँदै आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्नेछु,’ उनले लेखेका छन्।

उनले देश र मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब पार्टीभित्रबाट अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।