अमेरिका–भेनेजुएला तनाव चर्किँदै, किम जोङ–उनको चेतावनी : “मादुरोलाई रिहा गर”।

अमेरिका–भेनेजुएला तनाव चर्किँदै, किम जोङ–उनको चेतावनी : “मादुरोलाई रिहा गर”।

कोशी आवाज २०८२ पुस १९ गते शनिबार ।

मोरङ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले हिरासतमा लिएको दाबी सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमा तनाव बढेको छ। यस घटनाप्रति प्रतिक्रिया जनाउँदै उत्तर कोरियाली नेता किम जोङ–उनले मादुरोलाई आफ्नो “मित्र” भन्दै अमेरिकासामु कडा चेतावनी दिएको बताइएको छ।
उत्तर कोरियाली पक्षबाट जारी भनिएको अभिव्यक्तिमा किमले मादुरो दम्पतीको तत्काल रिहा गर्न माग गर्दै त्यसो नगरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको उल्लेख गरिएको छ। केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा यसलाई विश्वयुद्धको धम्कीका रूपमा व्याख्या गरिएको छ।
अमेरिकाले मादुरो दम्पतीलाई हिरासतमा लिएको घटनापछि विश्वका विभिन्न देश तथा नेताहरूबाट फरक–फरक प्रतिक्रिया आइरहेका छन्। यस घटनाले अमेरिका–भेनेजुएला सम्बन्ध मात्र होइन, विश्व राजनीतिक अवस्था थप संवेदनशील बन्ने अनुमान गरिएको छ।